News Griha :: न्यूजगृह
क्यानडाविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्दै

काठमाडौं— नेपालले आईसीसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ।

किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो।

ओमानसँग १ विकेटले पराजित भएको नेपाल क्यानडा भ्रमणमा पहिलो जितको खोजीमा छ।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २०:१२
Weather Update