News Griha :: न्यूजगृह
स्त्री–२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म

काठमाडौं— बलिउड फिल्म स्त्री २ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। अहिलेसम्म फिल्म स्त्री २ ले भारतीय बक्स अफिसमा ६०० करोड पार गरेको छ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको छैटौँ सातापछि आइतबारसम्म ६०४ करोड २२ लाख कमाई गरेको छ। 

बलिउड फिल्मको इतिहासमा ६०० करोड कमाई गर्ने स्त्री २ दोस्रो फिल्म हो । यस अघि शाहरुख खानको २०२३ को सेप्टेम्बरमा रिलिज भएको फिल्म जवानले ६४३ करोड ८७ लाख कमाई गरेको थियो।

जवान अहिलेसम्म भारतीय बक्स अफिसमा सबैभन्दा बढी कमाई गर्ने फिल्म हो। त्यस्तै स्त्री २ पछि रणवीर कपुरको एनिमलले ५५६ करोड ३६ लाख कमाई गरेको थियो।

करिब ५० करोडको लागतमा बनेको स्त्री-२ ले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो। अमर कौशिकले निर्देशन गरेको स्त्री २ मा श्रद्धा कपूर, राजकुमार राव, पङ्कज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:०२
Weather Update