News Griha :: न्यूजगृह
नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार

काठमाडौं— बुधबार शेयर बजारको परिसूचक नेप्से ४९ अंक बढेको छ।

सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ। बजार बढ्दा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो।

म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन्। बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढे।

२१० कम्पनीको मूल्य बढ्दा ३० को घट्यो भने ४ को स्थिर रह्यो। ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १५:१५
Weather Update