News Griha :: न्यूजगृह
एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब रेमिटेन्स, बाहिरियो ३५ करोड

काठमाडौं— चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मा एक खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा एक खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएको थियो।

यो अवधिमा नेपालबाट ३५ करोड रुपैयाँ बराबर रेमिटेन्स बाहिरिएको छ। यसअघिको वर्ष एक महिनामा ८३ करोड रुपैयाँ बाहिरिएको थियो।

पहिलो महिना वैदेशिक रोजगारीमा जानेको संख्यामा ७.१९ प्रतिशतले बढेको छ। गत आवको पहिलो महिनामा भने ५५ हजार पाँच सय ७५ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ५९ हजार पाँच सय ७५ जनाले यस्तो स्वीकृति लिएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:०३
Weather Update