News Griha :: न्यूजगृह
कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं— सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले असोज १३ गते आइतबार दिनको २ बजेका लागि आफ्नो निजी निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन्।

आगामी मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि बैठक बोलाइएको बताइएको छ।

बैठकमा कांग्रेसले दसैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमको विषयमा पनि छलफल र निर्णय हुने बुझिएको छ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी बाहेक केन्द्रीय समितिबाट चुनिएका ३१ सदस्य हुने गर्दछन्। केन्द्रीय समिति बैठक नभएको बेला कार्यसम्पादन समितिले पार्टीका महत्वपूर्ण निर्णय लिने गर्दछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १८:२८
Weather Update