स्वाट्टै घट्यो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम
काठमाडौं— मौसम बदली र वर्षा सुरु भएसँगै देशभर तापक्रम घटेको छ। यसै क्रममा काठमाडौं उपत्यकाको तापक्रम पनि स्वाट्टै घटेको छ।
मंगलबारदेखि घट्न थालेको उपत्यकाको अधिकतम तापक्रम आज (बिहीबार) २५.५ डिग्री सेल्सियसमा झरेको हो। हिजो अर्थात् बुधबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो भने मंगलबार पनि यत्ति नै थियो।
तर यसको अघिल्लो दिन अर्थात् सोमबार भने उपत्यकाको अधिकतम तापक्रम तीन महिनायताकै उच्च ३३.२ डिग्री सेल्सियसमा उक्लिएको थियो।
मौसम महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २०८ डिग्री सेल्सियसमा झरेको छ।
हेर्नुहोस् आज कहाँको तापक्रम कति?
स्रोत: मौसम पूर्वानुमान महाशाखा
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१ १९:१९