भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट वर्षाले प्रभावित शुक्रबार, असोज ११, २०८१

न्युजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलङ्का, तीन खेलाडीले बनाए शतक शुक्रबार, असोज ११, २०८१ श्रीलङ्काका लागि कमिन्दु मेन्डिसले १८२ रन बनाएका थिए। श्रीलङ्काका लागि आठौँ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ किर्तिमान बनाएका छन्। त्यस्तै यस खेलमा दिनेस चान्डिमलले ११६ र कुशल मेन्डिसले १०६ रन बनाएका थिए।

साउन र भदौमा २ खर्बको आयात, २५ अर्बको मात्रै निर्यात शुक्रबार, असोज ११, २०८१ चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो। यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ।

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा शुक्रबार, असोज ११, २०८१ अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए।
-1722400387.jpg)
काठमाडौंका नदी किनाराका घरमा बाढी पस्यो शुक्रबार, असोज ११, २०८१ शुक्रबार दिनभरि परेको पानीले बागमती नदीछेउका बस्तीहरूमा भेल पसेको हो। बागमती नदी किनाराका बल्खुलगायत क्षेत्रका घरमा बाढी पसेको छ। यहाँको तरकारी बजार पनि डुबानमा परेको छ।

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ शुक्रबार, असोज ११, २०८१ बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन्।सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीबाट पक्राउ परेका हुन्। उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने शुक्रबार, असोज ११, २०८१ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो।

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल शुक्रबार, असोज ११, २०८१ बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको छ ।

अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कहाँकहाँ छन् सडक अवरूद्ध? शुक्रबार, असोज ११, २०८१ बिहीबार रातिदेखि देशभर अविरल वर्षा भइरहेको छ। यो क्रम अझै आइतबारसम्मै रहने मौसमविद्ले बताएका छन्। देशको मध्य र पूर्वी तराईमा अति भारी वर्षा मापन भएको छ। झापा, मोरङका केही भाग डुबानमा समेत पर्न थालेका छन्।

महोत्तरीमा टेन्ट हाउसमा आगलागी शुक्रबार, असोज ११, २०८१ महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको–२ मा अवस्थित खुश्बु टेन्ट हाउसमा आगलागी ।

सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस शुक्रबार, असोज ११, २०८१ शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।

सरकारले भन्यो— ठूलो पानी परिरहेको छ, टाढाको यात्रा नगर्नू शुक्रबार, असोज ११, २०८१ गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो (बिहीबार) साँझदेखि अधिकांश स्थानहरूमा ठूलो पानी परिरहेकाले सचेत रहन आग्रह गरेको छ।

झरी र सम्भावित जोखिमबाट सचेत रहन काठमाडौं महानगरको आग्रह शुक्रबार, असोज ११, २०८१ महानगरपालिकाले काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको र यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको जनाएको छ।









