News Griha :: न्यूजगृह
भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट वर्षाले प्रभावित

काठमाडौं— भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट वर्षाले प्रभावित बनेको छ। टेस्टको पहिलो दिन शुक्रबार खेल वर्षाले प्रभावित हुँदा ३५ ओभर मात्र खेल भएर रोकिएको छ।

बङ्गलादेशले टस हारेर पहिला ब्याटिङ सुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिँदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ।

भारतका लागि २ विकेट आकाश दीपले लिएका थिए भने एक विकेट आर आश्विन लिए।

पहिलो दिन वर्षाले प्रभावित भएको खेल अब भोलि सुरु हुने छ। २ खेलको यस सिरिजमा भारतले पहिलो खेल जितेर १-० ले अगाडि रहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १९:१७
Weather Update