न्युजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलङ्का, तीन खेलाडीले बनाए शतक

काठमाडौं— श्रीलङ्काले न्युजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा ६०२ रन बनाएर इनिङ्स घोषणा गरेको छ।
टेस्टको दोस्रो दिन श्रीलङ्काका तीन ब्याट्सम्यानको शतक सहित ५ विकेट गुमाएर ६०२ रन बनाएपछि इनिङ्स घोषणा गरेको हो।
श्रीलङ्काका लागि कमिन्दु मेन्डिसले १८२ रन बनाएका थिए। श्रीलङ्काका लागि आठौँ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ किर्तिमान बनाएका छन्। त्यस्तै यस खेलमा दिनेस चान्डिमलले ११६ र कुशल मेन्डिसले १०६ रन बनाएका थिए।
आफ्नो पहिलो इनिङ्स सुरु गरेको न्युजिल्याण्डले दोस्रो दिनको खेल सकिदाँ २ विकेट गुमाउँदै २२ रन बनाएको छ।
२ टेस्टको यस सिरिजमा श्रीलङ्काले पहिलो टेस्ट खेल जितेर १-० को अग्रता बनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ १८:५७