News Griha :: न्यूजगृह
वनस्थलीको नालीमा मोटरसाइकल खस्दा बेपत्ता हुने सिन्धुपाल्चोकका राजन श्रेष्ठ, खोजी जारी [अपडेट]

काठमाडौं— काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खसेको छ। बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल नालीमा खसेको हो। 

सिन्धुपाल्चोक घर भई हाल रानीवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ सवार मोटरसाइकल नालामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। 

मोटरसाइकल भेटिए पनि चालक अझै बेपत्ता छन्। नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले खोजी जारी राखेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २०:४८
Weather Update