News Griha :: न्यूजगृह
बल्खु खोलामा एकजनाको शव भेटियो

काठमाडौं— काठमाडौंको बल्खु खोला किनारमा एउटा शव फेला परेको छ। शवको सनाखत भएको छैन।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ।

शुक्रबार बेलुकी काठमाडौंको ढुंगेधाराबाट एक युवक मोटरसाइकलसहित ढलमा खसेका थिए । मोटरसाइकल फेला परे पनि मान्छे फेला नपरेपछि खोजीकार्य जारी छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०९:२०
Weather Update