News Griha :: न्यूजगृह
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ— दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ।

आज बिहान १:४५ बजे गएको पहिरोका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए।

उनका अनुसार शुक्रबार राति ११:४५ बजेदेखि लेदो खसेर पहिरोको जोखिम बढेको थियो। झरी परिरहेपछि १:३० बजे सडक पहिरोका कारण अवरुद्ध भएको छ।

उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो। सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिरोजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०६:३५
Weather Update