News Griha :: न्यूजगृह
सहकारीको रकम अपचलन: छविलाल जोशीको बयान सकियो

पोखरा— सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीको बयान सकिएको छ। जिल्ला सरकारी वकिलको उपस्थितिमा कास्की प्रहरीले उनीसँग बयान लिएको हो।

‘अहिलेका लागि बयान सकिएको छ। यही बयानका आधारमा अदालतमा पेस गर्छौं,’ कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले भने, ‘आवश्यक पर्‍यो भने फेरि पनि थप बयान लिन सकिन्छ।’ जोशीलाई सुरुमा ५ दिनको म्याद दिइएको थियो।

बयान र अनुसन्धान नसकिएको भन्दै थप ७ दिन म्याद थपिएकोमा बयान पूरा भएको थापाले बताए। उनलाई असोज ६ गते काठमाडौंबाट पक्राउ गरेर जहाज मार्फत पोखरा ल्याइएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २०:१६
Weather Update