भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा
काठमाडौं— भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा पुगेको छ। खेलको तीन दिन वर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिदाँ बंगलादेशले दोस्रो इनिङ सुरु गरेको छ।
चौथो दिनको खेल सकिदाँ बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको छ र भारतभन्दा २६ रनले अझै पछाडि रहेको छ।
यसअघि भारतले आज आफ्नो पहिलो इनिङमा ९ विकेट गुमाउँदै २८५ रन बनाएर इनिङ घोषणा गरेको थियो। भारतले पहिलो इनिङमा ५२ रनको अग्रता लिएर इनिङ घोषणा गरेको थियो।
यसअघि बंगलादेश २३३ रन बनाएर अल आउट भएको थियो। अब खेलको पाँचौँ दिन भारतले बंगलादेशलाई छिटो अल आउट गरेर खेल जित्ने प्रयास गर्ने छ भने बंगलादेशले दिनभर ब्याटिङ गरेर खेल ड्र गर्ने प्रयास गर्ने छ।
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१ १८:४७