ओखलढुङ्गाका एक हजार हेक्टर वनमा डढेलो शनिबार, वैशाख ९, २०८०

शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय शनिबार, वैशाख ९, २०८० जानकी–३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्राका लागि मात्रै यस वर्षदेखि कक्षा छ सम्म अध्यापन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।

ग्यास लिक भएर आगलागी हुँदा टोखामा एक करोडको क्षति शनिबार, वैशाख ९, २०८० टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गए राति धर्मराज डङ्गोलको मासु पसलमा ग्यास लिक भई आगलागी भएको हो ।

बाघको आक्रमणबाट बेपत्ता भएकी महिलाको शव भेटियो शनिबार, वैशाख ९, २०८० बाघले ती महिलाको शव दलदलमा लुकाएकाले निकाल्ने प्रयास भइरहेको सबडिभिजन वन कार्यालय कुण्डाका सहायक वन अधिकृत दिनेश यादवले बताए ।
इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदुलफित्र [तस्बिरहरू] शनिबार, वैशाख ९, २०८०

खरायो समाउन खोज्दा बसबाट खसेर एक जनाको मृत्यु शनिबार, वैशाख ९, २०८० शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङले जानकारी दिए ।

लागूऔषध सेवन गरी सवारी चलाउँदै गरेका ३ जना पक्राउ शनिबार, वैशाख ९, २०८० काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रहरी वृत्त जगातीको संयुक्त टोलीले शुक्रबार बेलुकी २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जनाले लागूपदार्थ सेवन गरेको पाइएको थियो ।

दुई सय २० बोरा युरिया मलसहित ३५ लाखको समान बरामद शनिबार, वैशाख ९, २०८० नेपाल प्रहरीले विभिन्न स्थानबाट एकै दिन ३५ लाख बराबरको अवैध समान बरामद गरेको हो । विभिन्न नाकाबाट भन्सार छलेर ल्याइएको कस्मेटिक सामग्री, युरिया मल, लत्ताकपडा, मोबाइललगायतका सामाग्री बरामद गरेको हो ।

जङ्गली हात्तीले कुल्चेर झापामा एक वृद्धको मृत्यु शनिबार, वैशाख ९, २०८० डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो ।

शिवचन्द्र कुशवाहाविरुद्ध एमालेको उजुरी शनिबार, वैशाख ९, २०८० जनमत पार्टीका कार्यकर्ताहरूले मौन अवधिमा निर्वाचन आचारसंहिता वितरित सूर्य चिन्ह बिनाको नमुना मतपत्र सर्वसाधारण मतदातालाई बाडेको पाइएपछि एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलका प्रतिनिधि मनोज पौडेलेले उजुरी दिएका हुन् ।

महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघ नियन्त्रणमा शनिबार, वैशाख ९, २०८० जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको जानकारी दिँदै महिलाको अवस्था भने अज्ञात रहेको बताए ।

यु–१६ राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा शनिबार, वैशाख ९, २०८० १ वैशाखदेखि ७ वैशाखसम्म अछाममा सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोली तयार गरिएको जनाइएको छ । राष्ट्रिय स्तरीय छनोट प्रतियोगिता १० वैशाखदेखि धनगढीमा सञ्चालन हुँदै छ ।

धुलिखेल–खावा सडक निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्द गर्न सिफारिस शनिबार, वैशाख ९, २०८० पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ठेकेदारको लापरबाहीले सडक यात्रुको स्वास्थ्यमा खेलबाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कयौँको अङ्गभङ्ग भएको जनाउँदै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित शुक्रबार कार्यालयमा उजुरी दिएका हुन् ।









