पूर्वप्रधानमन्त्री भट्टराईले कसलाई भने– के त्यो जादुगर हो ? शनिबार, वैशाख ९, २०८०

४ प्रतिशतको आर्थिक वृद्धिले समृद्ध मुलुक बनाउने लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री महत शनिबार, वैशाख ९, २०८० ‘यहाँ पनि दिन्छु, त्यहाँ पनि दिन्छु भनेर ५० करोडको आयोजनामा पाँच लाख राखेर स्रोतको सुनिश्चितता भयो भन्दिने कुराले हामी फसेका रहेछौँ,’ उनले भने, ‘त्यसैले स्रोतले भ्याउने सुनिश्चितता गर्ने पद्धति बसाल्ने प्रयासमा छु । आगामी आर्थिक वर्षदेखि त्यो अभ्यास हुनेछ ।’

वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो, कुन बैंकले कति कमाए ? शनिबार, वैशाख ९, २०८० चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रु ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गतवर्ष चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा १० दशमलव ९२ प्रतिशत बराबरले बढेको छ ।

तुइनबाट महाकाली नदीमा खसेका भण्डारीको शव भेटियो शनिबार, वैशाख ९, २०८० दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।

एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेबीया र कुवेत विजयी शनिबार, वैशाख ९, २०८०

उपनिर्वाचनको तयारी पूरा शनिबार, वैशाख ९, २०८० प्रतिनिधि सभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निर्धक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको छ ।

'दुई खर्ब तरलता भएपनि बैंकको ब्याजदर उच्च भएको कारण कर्जा प्रवाह हुन सकेन' शनिबार, वैशाख ९, २०८० नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा दुई खर्ब तरलता भएपनि बैंकको ब्याजदर उच्च भएको कारण कर्जा प्रवाह हुन नसकेको बताएका छन् ।

समाजमा अराजक गतिविधि बढे, बुद्धिजीवीले हस्तक्षेप गर्न आवश्यक देखियो : प्रधानमन्त्री प्रचण्ड शनिबार, वैशाख ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताएका छन् ।

कोरोना अपडेट : ७८ सङ्क्रमिण थपिए, एकको मृत्यु शनिबार, वैशाख ९, २०८० यस अवधिमा ५० जना सङ्क्रमित निको भएका छन् भने सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ३८३ पुगेको छ ।

राजनीतिमा विकृतिको भारी छ : अध्यक्ष नेपाल शनिबार, वैशाख ९, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन् ।

शान्ति प्रक्रियालाई हरहालतमा पूरा गर्नुछ : उपप्रधानमन्त्री श्रेष्ठ शनिबार, वैशाख ९, २०८० ‘शान्ति प्रक्रियाको बाँकी काम हरहालतमा पूरा गर्नुछ, दशकभन्दा बढी बित्यो, तर, हामीले त्यो काम पूरा गर्न सकिराखेका छैनौँ, संविधान जारी गरेको पनि सात वर्ष पूरा भइसक्यो, शान्ति प्रक्रियालाई पूरा हुन नदिन विभिन्न प्रयत्न भइरहेका छन्, त्यस्ता प्रयत्नलाई असफल पार्दै शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुछ,’ उनले भने ।

दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता शनिबार, वैशाख ९, २०८० जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताए । ‘दुम्लिङबाट प्रहरी टोली घटनास्थलमा गएको छ, खोजी कार्य जारी छ,’ उनले भने ।

रुससँगको सम्बन्धलाई महत्व दिन्छौँ : अध्यक्ष तिमिल्सिना शनिबार, वैशाख ९, २०८० अध्यक्ष तिमिल्सिनाले छिमेकी चीन र भारतले हालै रुससँग आफ्नो व्यापारको मात्रा बढाएका चर्चा गर्दै नेपाल र रुसबीचको व्यापार र रुसबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढाउने उपाय पनि खोज्ने आशा व्यक्त गरे ।









