कोरोना अपडेट : ७८ सङ्क्रमिण थपिए, एकको मृत्यु

काठमाडौं— कोरोना सङ्क्रमणबाट आज एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट एकहजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो ।
यस अवधिमा ५० जना सङ्क्रमित निको भएका छन् भने सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ३८३ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८० १६:३०