शिक्षा,अर्थ र कानुन मन्त्रालयसँग मात्र हाम्रो वार्ता हुन्छ : विद्यालय कर्मचारी परिषद् शुक्रबार, असार १, २०८०
महाधिवेशन नआइ सभापति देउवालाई पदबाट हटाउन मिल्दैन : रमेश लेखक शुक्रबार, असार १, २०८० पार्टी सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने महामन्त्री गगन थापाको अभिव्यक्ति सार्वजनिक भएका बेला नेता लेखकले महाधिवेशनले मात्रै सभापतिलाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको प्रष्टयाए ।

आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा शुक्रबार, असार १, २०८० परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

जातिहरूलाई फुटाएर देशको हित हुँदैन : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार १, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणनामा पुन मगरलाई छुट्टै जातिको रूपमा राखिएको कुरालाई सच्याइने बताएका छन् ।

गृहले सुगम–दुर्गम मिलाएर गर्यो सीडीओको सरुवा र पदस्थापन शुक्रबार, असार १, २०८० गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । अवधि पुगेका, सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको हो ।

भौतिक पूर्वाधारमन्त्रीले नयाँ भ्रष्टाचारको चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ : सांसद सिंह शुक्रबार, असार १, २०८० उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्री यही हुनुहुन्छ । उहाँहरूले नयाँ भ्रष्टाचारको लागि चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ । बागमती प्रदेशमा गुडाइने भनिएको विद्युतीय सवारीमा उहाँले भ्रष्टाचार गर्न तयार भइसक्नुभएको छ ।’

गोरखामा भेटियो लोपोउन्मुख तामे सालक शुक्रबार, असार १, २०८० गोरखाको गण्डकी गाउँपालिका–४ फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक शुक्रबार बिहान फेला परेको छ । स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए ।

आसाममा बाढीका कारण २५ गाउँका २९ हजार मानिस प्रभावित शुक्रबार, असार १, २०८० आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए)ले आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको छ ।

पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव छैन : गृहमन्त्री श्रेष्ठ शुक्रबार, असार १, २०८० उनले भने, ‘सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउनु पर्छ । जनताले के भनेका छन् भने यो देश बदल्न सबैभन्दा पहिलो पार्टीहरू र नेताहरू बदलिनुपर्छ, त्यसपछि मात्रै देश बदलिन्छ ।’

छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्बद्ध : अध्ययन शुक्रबार, असार १, २०८० लामो रातसम्म रक्सी र धुम्रपान लागि प्रयोग नगरी बिहान अबेर गरी उठ्ने व्यक्तिको भन्दा छिटो उठ्ने व्यक्तिको कम उमेरमै मृत्यु हुने सम्भावना हुने ३७ वर्ष लामो एक अध्ययनले देखाएको छ ।
लागूऔषध कारोबारमा संलग्न ६ जना पक्राउ शुक्रबार, असार १, २०८० प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा पक्राउ परेका उनीहरूलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले शुक्रबार सार्वजनिक गरेको हो ।

चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून शुक्रबार, असार १, २०८० चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो ।

वैशाखमा मतपेटिका लुटेको सरकारले जेठमा बजेट लुट्यो : सीके राउत शुक्रबार, असार १, २०८० उनले भने, ‘सरकारले जहाँ भएपनि लुट्ने क्रम जारी राखेको छ, गत वैशाखमा बारामा मतपेटिका लुटे, अहिले जेठमा आएर बजेट लुटे, बजेट बनाइएको होइन, बजेटमा लुटतन्त्र मच्चाइएको छ ।’









