पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउनु पर्छ । जनताले के भनेका छन् भने यो देश बदल्न सबैभन्दा पहिलो पार्टीहरू र नेताहरू बदलिनुपर्छ, त्यसपछि मात्रै देश बदलिन्छ ।’
उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए । देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्ने उनको भनाइ छ ।
राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरू रूपान्तरण गरेर सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्नु आवश्यक रहेको बताए ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १५:३६