
काठमाडौं— सांसद अमरेश कुमार सिंहले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले भ्रष्टाचारको नयाँ चाँजोपाँजो मिलाएको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद सिंहले तीन वर्षदेखिको बहुवर्षीय योजनालाई हटाएर सरकारले राम्रो सन्देश नदिएको बताए ।
उनले भने, ‘मैले यस्तो कहीले देखेको छैन । दुई तीन वर्षदेखि बहुवर्षीय योजना चलिरहेको छ रोडको । मेरै क्षेत्रको तीन चारवटा रोड छ । तर, सबै योजना काटियो अब के हुन्छ त्यो योजना ? ठेकदारको के हुन्छ ? कालोपत्र गर्न भनिएको छ । यसको सर्टेन अमाउन्ट तोकिएको हुन्छ । यसले राम्रो सन्देश दिएन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री यही हुनुहुन्छ । उहाँहरूले नयाँ भ्रष्टाचारको लागि चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ । बागमती प्रदेशमा गुडाइने भनिएको विद्युतीय सवारीमा उहाँले भ्रष्टाचार गर्न तयार भइसक्नुभएको छ ।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला छन् । उनी नेकपा एकीकृत समाजवादीका नेता हुन् ।