News Griha :: न्यूजगृह
वैशाखमा मतपेटिका लुटेको सरकारले जेठमा बजेट लुट्यो : सीके राउत 
फाइल तस्बिर ।

काठमाडौं— जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले बजेटलाई जोडेर संसदीय उपनिर्वाचनमा भएको परिणामको तितो पोखेका छन् । 

शुक्रबार प्रतिनिधि सभामा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद राउतले यो देशमा बजेट लुट्नेहरूले गत वैशाखमा बारामा भएको उपनिर्वाचनमा बुथ लुटेको आरोप लगाए । 

उनले भने, ‘सरकारले जहाँ भएपनि लुट्ने क्रम जारी राखेको छ, गत वैशाखमा बारामा मतपेटिका लुटे, अहिले जेठमा आएर बजेट लुटे, बजेट बनाइएको होइन, बजेटमा लुटतन्त्र मच्चाइएको छ ।’ 

गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव विजयी हुँदा राउतको जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाह पराजित भएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १४:४५
Weather Update