News Griha :: न्यूजगृह
आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।

आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले बन्दसहितको आन्दोलनको घोषणा गरिएको परिषद्ले जनाएको छ।  

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३  पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग  राख्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १६:५८
Weather Update