News Griha :: न्यूजगृह
नेकपा एस समाजवादी मोर्चामा सहभागी हुने
नेकपा एस समाजवादी मोर्चामा सहभागी हुने सचिवालय बैठकले पार्टी समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 
हटाइयो बसपार्क बाहिरका टिकट काउन्टर
हटाइयो बसपार्क बाहिरका टिकट काउन्टर महानगरले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालित टिकट काउन्टर हटाएको छ । कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टिकट काउन्टर हटाइएको जानकारी दिए । 
पहिलो विद्यार्थी आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाइँदै
पहिलो विद्यार्थी आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाइँदै नेपालको पहिलो विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम् दिवस’ शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन
प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन संघीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ । समितिको शुक्रबारको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उनको नाम अनुमोदन भएको हो । 
न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउँदै छौँ : कार्की
न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउँदै छौँ : कार्की कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको समेत बताएका छन् ।
खानेपानीको दुःख
खानेपानीको दुःख सुर्खेतको चिङ्गाड गाउँपालिका–५ आरूखर्कवासी दुई घण्टाको बाटो पैदल हिँडेर डोकोमा पानी बोकेर घरतर्फ आउँदै । हरेक वर्ष गर्मी मौसममा तीन/चार महिना यहाँका करिब २० घर परिवार खानेपानीको दुःख झेल्दै आएका छन् ।
सरसफाइ र फोहोर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन
सरसफाइ र फोहोर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमको बुँदा नं ८८ मा तीनै तहका सरकारको समन्वयमा सरसफाइ स्वच्छता कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गरिने भन्ने उल्लेख भएबमोजिम सरसफाइ तथा फोहोरमैला व्यवस्थापनका लागि सबै स्थानीय तहलाई मन्त्रालयले बिहीबार सो पत्राचार गरेको हो ।
काभ्रेमा भेटिए मध्यकालीन पुरातात्त्विक वस्तु 
काभ्रेमा भेटिए मध्यकालीन पुरातात्त्विक वस्तु  अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका  पुरातात्त्विक वस्तु भेटिएका छन् । उक्त क्षेत्रमा डोजर लगाइ बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेका हुन् । 
पाल्पामा ब्याडमै सुक्न थाल्यो धानको बिउ
पाल्पामा ब्याडमै सुक्न थाल्यो धानको बिउ खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बिउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर, यसपटक भने वर्षा नपरेपछि बिउ राख्न समस्या भएको किसानले बताएका छन् ।
विपद् कोषमा छ अर्ब मौज्दात
विपद् कोषमा छ अर्ब मौज्दात नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा रु छ अर्ब छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतालगायतमा खर्च हुन्छ । 
विद्यार्थी बेहोस हुन थालेपछि बैतडीमा पठनपाठन प्रभावित
विद्यार्थी बेहोस हुन थालेपछि बैतडीमा पठनपाठन प्रभावित बैतडीको दुर्गम सिगास गाउँपालिका–५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ ।  
कार्कीलाई प्रश्न– जिल्ला अदालतमा प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्ति गर्ने व्यवस्था उच्चमा पनि लागु गर्दा के हुन्छ ?
कार्कीलाई प्रश्न– जिल्ला अदालतमा प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्ति गर्ने व्यवस्था उच्चमा पनि लागु गर्दा के हुन्छ ? संसदीय सुनुवाइ समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उच्च अदालतमा हुने न्यायाधीश नियुक्तिको विषयमा अप्रिय टिकाटिप्पणी हुँदै आएको भन्दै त्यसलाई न्यायपरिषद्को निर्देशिका बनाउँदा उक्त विषयमा छलफल र ध्यानाकर्षण भयो कि भएन भनेर प्रश्न गरेका छन् ।
Weather Update