News Griha :: न्यूजगृह
नेकपा एस समाजवादी मोर्चामा सहभागी हुने
फाइल तस्बिर ।

काठमाडौं— नेकपा एकीकृत समाजवादी (एस) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टी समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको दुई चार दिनभित्रमा नै मोर्चा घोषणा हुने दाबी गरे । 

उनले संसद् र संसद्बाहिर समाजवादी विचारधारा प्रवाह गर्ने, देशको विकासमा वकालत गर्ने, आम जनतालाई दिने सेवासुविधा दिन दबाब दिनेगरी मोर्चा घोषणा गर्न लागिएको बताए । 

समाजवादी मोर्चामा अहिलेसम्म एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रहेको खतिवडाले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १२:०६
Weather Update