News Griha :: न्यूजगृह
आठ सयले बढ्यो सुनको मूल्य
फाइल तस्बिर ।

काठमाडौं— सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । 

बिहीबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार आठ सयले बढेर १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै,तेजावी सुनको मुल्य बिहीबार प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

बिहीबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले उल्लेख गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १२:१२
Weather Update