News Griha :: न्यूजगृह
महाधिवेशन नआइ सभापति देउवालाई पदबाट हटाउन मिल्दैन : रमेश लेखक
फाइल तस्बिर ।

काठमाडौं— नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआइ पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन् । 

पार्टी सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने महामन्त्री गगन थापाको अभिव्यक्ति सार्वजनिक भएका बेला नेता लेखकले महाधिवेशनले मात्रै सभापतिलाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको प्रष्टयाए । ‘महाधिवेशनबाट कांग्रेसको सभापति बन्ने हो । आगामी महाधिवेशनबाट कांग्रेसको सभापति परिवर्तन हुने हो । त्यसो भएको हुनाले यो एक जना मैले, तपाईंले, अर्काले भनेर मात्रै हुने विषय होइन,’ उनले भने । 

प्रमुख सचेतक लेखकले अरू पार्टीहरूको भन्दा युवा पुस्ता नेतृत्वमा पुर्‍याउने काम नेपाली कांग्रेसले गरेको दाबी समेत गरे । ‘जम्मै पार्टीको हेर्नु भयो भने मलाई लाग्छ–सबैभन्दा कान्छो उमेरका पदाधिकारी त हाम्रै पार्टीमा छन त । अनि, नयाँ पुस्ता भनेको कहाँनिर हो ? एक जना सभापति बाहेक सबै मान्छे नयाँ पुस्ता छन्,’ उनले भने । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १७:३०
Weather Update