News Griha :: न्यूजगृह
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ छिर्कनमा शनिबार वर्षाका कारण खसेको पहिरोले सडक बन्द भएको हो ।  सडक अवरुद्धपछि र एम्बुलेन्सलगायतका सवारी साधन बाटो मै रोकिएका छन् ।
सुनिन छाड्यो असारे भाका
सुनिन छाड्यो असारे भाका लोप हुने अवस्थामा पुगेको असारे भाका पुस्तान्तरका लागि तिमिल्सिनाले पहल पनि गरिन् । ‘अरुलाई सिकाउँछु भन्ने त लाग्छ नि सिकाउन पनि तयार छु,’ उनले भनिन्, ‘अहिलेका केटाकेटी माया पिरतीका गीतभन्दा अरु त गीत नै होइन जस्तो गर्छन् ।’ संसार छोडेर जाने बेलामा आफूसँग भएको प्रतिभा पुस्तान्तरण गर्ने तिमिल्सिनाको रहर छ...
गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै, यस्तो छ इतिहास
गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै, यस्तो छ इतिहास गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका– ९, गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशीलामा अवस्थित छ । म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही साविकका गाविस र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेशद्वारको रुपमा समेत...
 ट्राफिक प्रहरीको लापसे चेकिङ :  ४ जना चालक पक्राउ 
 ट्राफिक प्रहरीको लापसे चेकिङ :  ४ जना चालक पक्राउ  ट्राफिक प्रहरीले टिपर चालक काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय जीवन तामाङ, जिप चालक ललितपुरको इमाडोलका २३ वर्षीय बिकेश विष्ट, कार चालक काठमाडौंको जोरपाटीका २६ वर्षीय सनम थापा र पिकअप भ्यान चालक काठमाडौंका ३५ वर्षीय माधव गुरुङलाई नियन्त्रणमा लिएको हो ।  
मूलपानी क्रिकेट मैदानको नाम किन फेरियो ?
मूलपानी क्रिकेट मैदानको नाम किन फेरियो ? अब मूलपानी क्रिकेट मैदान जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको हो। नेपाल क्रिकेट संघ (क्यान)को शुक्रबारको बैठकले माथिल्लो मूलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो ।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडक अवरुद्ध सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।  
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल
तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल असार १६ गते शनिबार । असार शुक्ल त्रयोदशी तिथि । पञ्चाङ्ग शुभ कौलव अनुराधा । शनि प्रदोष व्रत । अन्तर्राष्ट्रिय सहकारी दिवस । राशिफल हेर्नुहोस् ।
सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छु : सभामुख
सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छु : सभामुख हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ। नेपालले २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ।
कस्तो छ शनिबारको मौसम ?
कस्तो छ शनिबारको मौसम ? देशभर आंशिकदेखि सामान्य बदली  रही गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुवास नेम्वाङ भन्छन्– पहिचानका नाममा पार्टीमाथि ढुंगा हान्नु आश्चर्यको विषय
सुवास नेम्वाङ भन्छन्– पहिचानका नाममा पार्टीमाथि ढुंगा हान्नु आश्चर्यको विषय नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्ता गठबन्धनमा आवद्ध दलले पहिचानका नाममा आफ्नो पार्टीलाई ढुंगा हान्ने गरेको प्रति आश्चर्य लागेको बताएका छन् । 
मारुती सिमेन्टका व्यापार प्रबन्धक पक्राउ, सञ्चालक र प्रबन्ध निर्देशकसहित सात जना फरार
मारुती सिमेन्टका व्यापार प्रबन्धक पक्राउ, सञ्चालक र प्रबन्ध निर्देशकसहित सात जना फरार गुणस्तरहीन सिमेन्ट बिक्री गरेको आरोपमा प्रहरीले मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई पक्राउ गरेको छ । जोशीलाई विराटनगरबाट पक्राउ गरी सप्तरी ल्याइएको हो ।
Weather Update