News Griha :: न्यूजगृह
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
तस्बिर : कृष्ण न्यौपाने/रासस

काठमाडौं—  पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ छिर्कनमा शनिबार वर्षाका कारण खसेको पहिरोले सडक बन्द भएको हो ।  सडक अवरुद्धपछि र एम्बुलेन्सलगायतका सवारी साधन बाटो मै रोकिएका छन् ।

लेदो सहितको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाउने काम भइरहेको छ । 

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध छ । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०८:५९
Weather Update