News Griha :: न्यूजगृह
रौतहटमा आमाछोरीको मृत्युबारे प्रहरीको अनुसन्धान जारी
रौतहटमा आमाछोरीको मृत्युबारे प्रहरीको अनुसन्धान जारी रौतहटको मौलापुरमा गत शुक्रबार आमाछोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए ।
चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर
चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर चिनियाँ मुद्रा रेन्मिन्बी  (युआन)को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ । 
पहिरोले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध अहिले सडक खुलाउने प्रयास भइरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए । भारी वर्षाका कारण लोकमार्गको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनेको छ । 
बादलुको घुम्टोभित्र वीरेन्द्रनगर
बादलुको घुम्टोभित्र वीरेन्द्रनगर सुर्खेतको वीरेन्द्रनगर–१४ सिद्धपाइलाबाट देखिएको कुहिरोले ढाकेको वीरेन्द्रनगर बजार ।
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । 
राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा
राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारमा कानुन, नीति बनाउनेदेखि ठूला आयोजना कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय गर्ने अधिकार सम्पन्न राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक भएको हो ।
पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री प्रचण्ड
पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । 
संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ  : सभामुख 
संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ  : सभामुख  संसदीय मामिला पत्रकार समाजको ८ औँ अधिवेशनको उद्घाटन गर्दै शनिबार उनले जनप्रतिनिधिका विषय जस्ताकोतस्तै जनतामा पुर्‍याउने काम महत्वपूर्ण हुने बताए ।
उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुननिर्माण क्षेत्रको अवलोकन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुननिर्माण क्षेत्रको अवलोकन सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुननिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु
भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु भारतीय सञ्चारमाध्यमका अनुसार गुडिरहे कै बेला टायर पड्किएपछि बस नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । त्यसपछि बसमा आगो लागेको थियो ।मृतकको पहिचान भइसकेको छैन ।  
ओखलढुङ्गा–केतुके सडक अवरुद्ध 
ओखलढुङ्गा–केतुके सडक अवरुद्ध  ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ८ लग्लगेको भुसुने डाँडामा शनिबार बिहान सडकमा रूख ढलेर ओखलढुङ्गा–केतुके सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सोही सडक हुँदै चल्ने यातायातका साधनहरू रोकिएका छन् ।  
क्रिकेटर दीपेन्द्र र फुटबलर वर्षा उत्कृष्ट वर्ष खेलाडी
क्रिकेटर दीपेन्द्र र फुटबलर वर्षा उत्कृष्ट वर्ष खेलाडी दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् । गत वर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन महत्वपूर्ण योगदान दिएका दीपेन्द्र गत वर्ष टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने र एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्ने खेलाडीसमेत बनेका थिए ।
Weather Update