News Griha :: न्यूजगृह
भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु
bbc hindi.

काठमाडौं— भारतको महाराष्ट्रमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।

बीबीसी हिन्दीका अनुसार ३३ यात्रु सवार उक्त बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुने तर्फ आइरहेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार गुडिरहे कै बेला टायर पड्किएपछि बस नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । त्यसपछि बसमा आगो लागेको थियो ।मृतकको पहिचान भइसकेको छैन ।  

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १०:०४
Weather Update