उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुननिर्माण क्षेत्रको अवलोकन
छेन्दु— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शनिबार भूकम्पपछि पुननिर्माण गरिएको चीनको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन् ।
सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुननिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीयस्थलका रूपमा विकास गरेको छ । सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो । भूकम्पबाट क्षतिग्रस्त क्षत्रमा भएको पुननिर्माण तथा भूकम्पको अध्ययन अवलोकन गर्नका लागि रूपमा वार्षिक ३० लाख मानिस पुग्ने गरेका छन् । रासस
प्रकाशित मिति: शनिबार, असार १६, २०८० १०:२८