मारुती सिमेन्टका व्यापार प्रबन्धक पक्राउ, सञ्चालक र प्रबन्ध निर्देशकसहित सात जना फरार

सप्तरी— गुणस्तरहीन सिमेन्ट बिक्री गरेको आरोपमा प्रहरीले मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई पक्राउ गरेको छ ।
जोशीलाई विराटनगरबाट पक्राउ गरी सप्तरी ल्याइएको हो ।
मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र प्रबन्ध निर्देशक अनुज राठीसहित सात जना फरार छन् । आपराधिक विश्वासघात मुद्दामा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
राजविराज नगरपालिका–४ का दिवाकर साहको जाहेरीका आधारमा जोशी पक्राउ परेका हुन् । जोशीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
मारुती सिमेन्ट प्रयोग गरी घर बनाउँदा भर्याङ भत्किएपछि सिमेन्ट गुणस्तरहीन भएको आरोप लगाउँदै साहले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० २२:०९