नामकरण
मूलपानी क्रिकेट मैदानको नाम किन फेरियो ?

काठमाडौं— मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन भएको छ ।
अब मूलपानी क्रिकेट मैदान जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको हो। नेपाल क्रिकेट संघ (क्यान)को शुक्रबारको बैठकले माथिल्लो मूलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो ।
जयकुमार नाथ शाह क्यानका संस्थापक तथा पूर्व अध्यक्ष हुन् । उनको सम्मानमा क्यानले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेको हो ।
गत वैशाखमा एसीसी प्रिमियर कपमा हङकङ र सिंगापुर सँग खेलबाट माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । उक्त क्रिकेट मैदानले अझै पनि पूर्णता पाएको छैन ।
प्रकाशित मिति: शनिबार, असार १६, २०८० ०७:३१