
टोकियोमा विस्फोट, चार जना घाइते सोमबार, असार १८, २०८० टोकियो नगर प्रहरी विभागका अनुसार विस्फोटमा परी चार जना सामान्य घाइते भएका छन्, जसमध्ये दुई जना पैदल यात्री र दुई जना रेष्टुरेन्टका कर्मचारी रहेका छन् ।

‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दुधको उत्पादन घट्यो सोमबार, असार १८, २०८० भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याङ्कअनुसार लम्पी स्किनको प्रकोप देखिनुअघि दैनिक एक सय १४ मेट्रिकटन दुध उत्पादन हुँदै आएकामा अहिले ३० देखि ४० प्रतिशतले उत्पादन घटेको छ । रोगका कारण दुहुना गाई र भैँसी बिरामी पर्ने र मर्ने समस्याले दुध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको स्रोत नै...

नेपाली समाजमा सांस्कृतिक विचलन आउन थाल्यो : पूर्वप्रधानमन्त्री ओली सोमबार, असार १८, २०८० नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले मौलिक संस्कृति र पहिचान भुल्दै गएको गुनासो गरेका छन् ।

सुनसान बन्दै लमजुङका घरबास सोमबार, असार १८, २०८० वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन् ।

हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त सोमबार, असार १८, २०८० सोमबार बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्याएको हो ।

राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक–२०७९ पारित सोमबार, असार १८, २०८० राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ ।

ललिता निवास प्रकरण : थप दुई पक्राउ सोमबार, असार १८, २०८० नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालीन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् ।

नेप्से परिसूचक २१.३२ अङ्कले गिरावट सोमबार, असार १८, २०८० साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३२ अङ्क घटेर २०७५.९७ विन्दुमा झरेको छ ।

ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायीहरू आन्दोलित सोमबार, असार १८, २०८० जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानुन व्यवसायीले आन्दोलन गरेका हुन् ।

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री प्रचण्ड सोमबार, असार १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिएका छन् ।

कृषि समितिको आन्तरिक कार्यविधि पारित सोमबार, असार १८, २०८० कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि २०८० सर्वसहमतिले पारित भएको छ ।

हिमाली क्षेत्रको विकासका लागि सङ्घीयता आवश्यक छ : सांसद शेर्पा सोमबार, असार १८, २०८० ‘सङ्घीयता भनेको आवश्यकता हो भन्ने कुरा यो बजेट बाँडफाँटले पनि देखायो । त्यसकारण यो देशमा सङ्घीयता आवश्यक छ । कसलाई आवश्यक छ भने म जुन ठाउँबाट आएको छु, त्यो ठाउँको लागि सङ्घीयता आवश्यक छ । सगरमाथा, सोलुखुम्बु र हिमाली क्षेत्रको लागि सङ्घीयता आवश्यक छ । पावरवाला ठुल्ठुला मन्त्री, सांसद र...









