News Griha :: न्यूजगृह
राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक–२०७९ पारित

काठमाडौं— राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ । 

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सांसदहरूले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक असार १९ गते (मंगलबार) १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ । सोमबार बसेको बैठकमा आगामी आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १६:०९
Weather Update