सिनामङ्गलमा राखिएको शङ्कास्पद वस्तु नक्कली बम, एक पक्राउ बुधबार, साउन ३, २०८०

सिनामङ्गलमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो बुधबार, साउन ३, २०८० नेपाली सेनाको टोलीले शंकास्पद वस्तुलाई निष्क्रिय पारेको हो । बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको थियो ।

सरकार जनताको अवस्था बदल्न प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड बुधबार, साउन ३, २०८० बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रतासाथ अघि बढाइरहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावली र ऐनमा सुधार गर्ने बताए ।

सम्पत्ति विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रको आग्रह बुधबार, साउन ३, २०८० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कर्मचारीलाई आव २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले बताए ।

मक्कामदिनाबाट स्वदेश फर्किए हजयात्री, हज कमिटीले बेवास्ता गरेको गुनासो बुधबार, साउन ३, २०८० बुधबार बिहान उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए ।

कास्कीमा भूकम्पको धक्का बुधबार, साउन ३, २०८० मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको सामान्य धक्का महसुस भएको थियो ।
![प्रधानमन्त्री दाहाल साउन ६ मा इटाली जाने [भिडिओ]](https://newsgriha.com/uploads/posts/cabinet new1689738143.jpg)
प्रधानमन्त्री दाहाल साउन ६ मा इटाली जाने [भिडिओ] बुधबार, साउन ३, २०८० संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जाने भएका हुन् ।
![१९ वर्षमा ८३ हजार ६८१ जनामा डेँगु सङ्क्रमण [भिडिओ]](https://newsgriha.com/uploads/posts/denguu1688689210.jpeg)
१९ वर्षमा ८३ हजार ६८१ जनामा डेँगु सङ्क्रमण [भिडिओ] बुधबार, साउन ३, २०८० सरकारले अहिलेसम्म डेँगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेँगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ ।

मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई बुधबार, साउन ३, २०८० जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मङ्गलबार आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा थपलियाले निर्वाचन आयोग ऐन, २०७३ संशोधन गरी सो व्यवस्था गर्न लागिएको बताएका हुन् ।

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी बुधबार, साउन ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठक नियमित भएको उनको सचिवालयले जनाएको छ । एक साता देखि मन्त्रिपरिषद् बैठक नबस्दा सरकारका कतिपय नियमित काम प्रभावित भएकाले आजको बैठकले विगतमा रोकिएका केही महत्वपूर्ण निर्णयहरू गर्ने जनाइएको छ ।

आजको तरकारीको मूल्य : गाजरको मूल्य घट्यो, स्याउको बढ्यो बुधबार, साउन ३, २०८० समितिले बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार लोकल सानो गोलभेँडाको मूल्यमा ५ रुपैयाँ वृद्धि भएको छ । हिजोको तुलनामा लोकल सानो गोलभेँडाको मूल्य ५ रुपैयाँले बढेर प्रतिकेजी ४५ रुपैयाँ पुगेको हो । ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ रहेको छ ।

फोहोर विसर्जनमा देखिएको समस्या समाधानका लागि सर्वदलीय बैठक बस्दै बुधबार, साउन ३, २०८० फोहोर विसर्जनमा भएको अवरोध समाधानका लागि सहरी विकास मन्त्रालयले सर्वदलीय बैठक बोलाएको छ । बुधबार बिहान ११ बजे बैठक बस्दै छ । संघ सरकार र काठमाडौं महानगरपालिकासँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका– २ र धादिङको धुनीबेँसी नगरपालिका– १ का स्थानीयले विसर्जनमा अवरोध गरेका हुन् ।

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान बुधबार, साउन ३, २०८० कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । ओलीसँगै पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाल पनि कम्बोडिया गएका छन् ।









