काठमाडौं— नेपालमा डेँगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ ।
सरकारले अहिलेसम्म डेँगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेँगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ ।
सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिका बारेमा स्पष्ट पारिएको छ । बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए ।
‘डेँगुका जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौं । यो वर्षको कार्ययोजना बनिसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने ? उपचारमा केके गर्ने ? स्थानीय तहको भूमिका के हो ? रेडक्रसको भूमिका के हो ? भन्ने विषय समेटेका छौं,’ मरासिनीले भने, कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौं । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्सन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौं । बढी जोखिम भएका ठाउँहरू काठमाडौं ललितपुर, भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरूसँग बसेर कार्यक्रम गरिसकेका छौं । उच्चस्तरीय डेंगु नियन्त्रण कमिटीमा पनि छलफल गरेर निर्णयहरू गरेका हौं ।’
मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेँगु संक्रमण देखिएको बताए । उनले पछिल्लो तथ्याङ्क अनुसार असार मसान्तसम्म २ हजार ९ सय ३० जनामा डेँगु संक्रमण देखिएको जानकारी दिए । उनले भने, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेँगु संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेँगु संक्रमण देखिएको छ ।’
मरासिनीले डेँगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको पनि बताए । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरुको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको उनले बताए । लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने उनको भनाई छ। अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको मरासिनीले बताए ।



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/rastriya-sava-1-1720169961.jpg)






