एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।
कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । ओलीसँगै पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाल पनि कम्बोडिया गएका छन् ।
कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको उनको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० ०७:२६