
काठमाडौं— नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना सरिफमा सहभागी भएका हजयात्री स्वदेश फर्किएका छन् ।
बुधबार बिहान उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए ।
मक्का मदिनामा हजयात्रा पूरा गरी उनीहरु सबै स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएका हजयात्रीहरुले हज यात्रामा राम्रो व्यवहार नभएको गुनासो गरे । उनीहरूले नेपालबाट गएका हज कमिटीका सदस्यहरूले हज यात्रीका लागि राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, बस्ने ठाउँ पैसा तिरे अनुसार राम्रो नदिएको गुनासो गरे ।
हजयात्री राज अहमद अन्सारीले पैसा तिरेबापत सुविधा नपाएको र फोहोर होटलमा फोहोर खानेकुरा खुवाएको गुनासो गरे । नेपालबाट गएका हजयात्रीहरु हराउँदासमेत नेपालबाट गएका प्रतिनिधिहरू खोज्नसमेत नगएको बताए ।
उनले भने, ‘मक्का मदिनामा ४३ दिन पूरा गर्दा हामीले १२ सय जना जानुभएको थियो, पैसा तिरेरै गएको हो तर पैसा तिरेबापत सुविधा पाइएन ।’