News Griha :: न्यूजगृह
एक क्विन्टल सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफैं संलग्न रहेको समाचार आएको छ : सांसद भट्टराई [भिडिओ]
एक क्विन्टल सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफैं संलग्न रहेको समाचार आएको छ : सांसद भट्टराई [भिडिओ] बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत सुन तस्करी प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरे । सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरू नै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वाससमेत आफूहरूलाई नभएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न प्रदेश सभापति थापाको माग
कांग्रेस केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न प्रदेश सभापति थापाको माग नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सभापति थापाले झापामा कांग्रेसको गठबन्धनको उम्मेद्वार हराउन भूमिका खेलेकोले बुढाथोकीलाई कारवाही गर्नु पर्ने माग गरे । 
महामन्त्री थापाले उठाएको नेतृत्व परिवर्तनको एजेण्डा बेमौसमी बाजा : उर्मिला नेपाल
महामन्त्री थापाले उठाएको नेतृत्व परिवर्तनको एजेण्डा बेमौसमी बाजा : उर्मिला नेपाल उनले भनिन, ‘नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ यो मलाई बेमौसमको बाजा जस्तो लाग्छ ।  किनभने भर्खरै मात्र हामीले हामीले अधिवेशन सकेका छौँ। यो सकेको धेरै समय भएको छैन । हामीले नेतृत्व जसलाई सुम्पिएका छौँ । विधान अनुसार नै उहाँलाई जिम्मेवारी दिएका हौँ । हामीले काम गर्ने मौका दिनुपर्छ । परिवर्तनको...
सय किलो सुन बरामद प्रकरण : राजश्वको टोली विमानस्थलमा
सय किलो सुन बरामद प्रकरण : राजश्वको टोली विमानस्थलमा  दिलिप भुजेल सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक हुन भने  सुन पास गराउन सहयोग गर्ने  रामकुमार भुजेल दिलिपका मामा हुन् । हर्कराज राई कम्पनी स्थापना गर्न सहयोग गर्ने व्यक्ति हुन् । छिरिङ तिब्बतियन मूलका भारतीय नागरिक हुन् ।
कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको प्रश्न :  शरणार्थी प्रकरणका आरोपितलाई निलम्बन गर्न के को द्विविधा ? 
कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको प्रश्न :  शरणार्थी प्रकरणका आरोपितलाई निलम्बन गर्न के को द्विविधा ?  नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकमा केन्द्रीय सदस्य शिवाकोटीले यदि शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणप्रति अन्याय भएको हो भने सरकार छाड्नु पर्ने बताए । 
यी हुन् एक सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरू
यी हुन् एक सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरू विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गेटबाट सुन बोकेको बा। २ ज २३२४ नम्बरको ट्याक्सीलाई विभागको टोलीले बुधबार साँझ ६ बजे नियन्त्रणमा लिएको थियो ।
गृहमन्त्रीले बोलाए भन्सार विभागका महानिर्देशकलाई 
गृहमन्त्रीले बोलाए भन्सार विभागका महानिर्देशकलाई  बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गराई ट्याक्सीमा लाँदै गरिएको अवस्थामा अनुमानित १०० केजी सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
आज देखि महिला विश्वकप फुटबलको नवौँ संस्करण हुने
आज देखि महिला विश्वकप फुटबलको नवौँ संस्करण हुने आयोजक न्युजिल्यान्ड र नर्वेबीच अकल्यान्डमा प्रतिस्पर्धा हुनेछ । अस्ट्रेलिया र आयरल्याण्डबीच सिड्नीमा अर्को खेल हुनेछ । प्रतियोगिता आगामी अगस्ट २० सम्म सञ्चालन हुनेछ । 
सुनको भाउले फेरि बनायो ऐतिहासिक रेकर्ड 
सुनको भाउले फेरि बनायो ऐतिहासिक रेकर्ड  आज सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रुपैयाँ बढी हो। 
सुन भित्रिएको घटना : भन्सार विभागले बनायो छानबिन समिति 
सुन भित्रिएको घटना : भन्सार विभागले बनायो छानबिन समिति  विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा ककसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए ।
प्रधानमन्त्री र कतारका राजदूतबीच भेटवार्ता 
प्रधानमन्त्री र कतारका राजदूतबीच भेटवार्ता  बालुवाटार पुगेर कतारका राजदूत युसुफ बिन मोहम्मदले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेट गरेका हुन् । त्यसक्रममा नेपाल र कतारबीचको दीर्घकालीन हित तथा सम्बन्धका बारेमा छलफल भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बिहीबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्ने उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
Weather Update