News Griha :: न्यूजगृह
गृहमन्त्रीले बोलाए भन्सार विभागका महानिर्देशकलाई 

काठमाडौं— एक सय किलो सुन बरामद प्रकरणमा सोधपुछका लागि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन् ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गराई ट्याक्सीमा लाँदै गरिएको अवस्थामा अनुमानित १०० केजी सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

उक्त घटनामा सोधपुछका लागि गृहमन्त्री श्रेष्ठले भन्सारका महानिर्देशक पौडेललाई मन्त्रालय बोलाएका हुन् । भन्सार विभागले छानबिन समित गठन गरिसकेको छ ।   

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:५२
Weather Update