प्रधानमन्त्री र कतारका राजदूतबीच भेटवार्ता
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलबीच बिहीबार भेटवार्ता भएको छ ।
बालुवाटार पुगेर कतारका राजदूत युसुफ बिन मोहम्मदले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेट गरेका हुन् । त्यसक्रममा नेपाल र कतारबीचको दीर्घकालीन हित तथा सम्बन्धका बारेमा छलफल भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० ११:०१