News Griha :: न्यूजगृह
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ६२ कम्पनीको ५५ लाख ३१ हजार सात सय ३७ कित्ता शेयर ४० हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा एक अर्ब ८५ करोड ८० लाख...
लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएका धर्म गुरुलाई नियुक्त गर्न बौद्धमार्गीहरूको माग
लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएका धर्म गुरुलाई नियुक्त गर्न बौद्धमार्गीहरूको माग सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बौद्धमार्गीहरूले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्ष र अन्य कर्मचारी नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराए । लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त रहेको छ । कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेको छ भने कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ । 
देशभर ७७ प्रतिशत धान रोपाइँ, तीन लाख हेक्टर क्षेत्रफल बाझै
देशभर ७७ प्रतिशत धान रोपाइँ, तीन लाख हेक्टर क्षेत्रफल बाझै यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ भएको थियो । कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ३३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ३१ हजार एक सय १२...
उड्न ठिक्क परेको यती एअरलाइन्सको जहाजमा मुसा भेटियो
उड्न ठिक्क परेको यती एअरलाइन्सको जहाजमा मुसा भेटियो पोखरा विमानस्थलका निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यती एअरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११ : ५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको उनको भनाइ छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि सोही जहाजबाट काठमाडौं जाँदै थिए ।
बस्दै नबसी प्रतिनिधि सभाको बैठक स्थगित
बस्दै नबसी प्रतिनिधि सभाको बैठक स्थगित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार भएको छैन । यसअघि साउन १० मा बसेको प्रतिनिधि सभा बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।
अयोग्य लडाकुलाई रकम बाँड्ने सम्बन्धी रिट पूर्ण इजलासमा पठाउने आदेश
अयोग्य लडाकुलाई रकम बाँड्ने सम्बन्धी रिट पूर्ण इजलासमा पठाउने आदेश न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले सो रिट पूर्ण इजलासमा सुनुवाइ हुने आदेश दिएको हो ।  अनमिनको प्रमाणीकरणको क्रममा अयोग्य भई बहिर्गमनमा गएका पूर्व माओवादी लडाकुलाई जनही २ लाख रुपैयाँका दरले दिने सरकारले निर्णय गरेको थियो । तर उक्त निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणले गत वैशाख...
डा. केसीद्वारा सत्याग्रहको घोषणा
डा. केसीद्वारा सत्याग्रहको घोषणा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरू उल्ट्याउने सङ्गठित प्रयास भइरहेको भन्दै सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन् ।
निजामती कर्मचारी सङ्गठनका अध्यक्ष र महासचिव प्रहरी नियन्त्रणमा
निजामती कर्मचारी सङ्गठनका अध्यक्ष र महासचिव प्रहरी नियन्त्रणमा सङ्गठनले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्नु पर्ने, टिप्पणी पेश गर्नेलाई कारबाही र निर्णय गर्नेलाई उन्मुक्ति दिन नहुने, उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, आधिकारिक ट्रेड युनियनको व्यवस्था गरी निर्वाचन गर्नुपर्ने, सचिव र सहसचिवको सरुवा एक वर्षभन्दा कम समयमा गर्न नहुने, निजामती अस्पताल सुधार गर्नु पर्ने,...
रास्वपा सरकारमा जान दिन गनेर बसेको छ  : रवि लामिछाने
रास्वपा सरकारमा जान दिन गनेर बसेको छ  : रवि लामिछाने उनले भने, ‘हामी पनि दिन गनेर बसेका छौं । रास्वपा  सरकारमा आउनेछ । रास्वपाले आफ्नो नीति लागू गर्ने छ । र हामी परदेश छोडेर घरदेशमा आउने छौं । आफ्नै प्यारो माटोमा जीवन बिताउने छन् । हामी त्यो दिनको प्रतीक्षा गर्ने छौं ।’ सभापति लामिछानेले आफुहरुले जनताको लागि धेरै काम गर्न...
रेखा थापाको फिल्म ‘उपहार’ द जर्नी अफ लाइफमा नायिका बेनिशा हमाल
रेखा थापाको फिल्म ‘उपहार’ द जर्नी अफ लाइफमा नायिका बेनिशा हमाल चलचित्र छायाँङ्कनका लागि वरिष्ठ छाँयाकार विष्णु घिमिरे कल्पितलाई अनुबन्धित भइसकेका छन् । चलचित्र भदौ ७ गतेदेखि छायाङ्कनमा जाँदैछ। चलचित्रमा रेखासहित पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल लगायतका कलाकारको अभिनय रहने निर्देशक देउजाले जानकारी दिए ।
काठमाडौं महानगरको डोजर रोक्न राप्रपाका नेताहरूले सडकमा गाडी तेर्साए [तस्बिरसहित]
काठमाडौं महानगरको डोजर रोक्न राप्रपाका नेताहरूले सडकमा गाडी तेर्साए [तस्बिरसहित] काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरिरहेको छ । 
सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता सोमबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । 
Weather Update