उड्न ठिक्क परेको यती एअरलाइन्सको जहाजमा मुसा भेटियो

पोखरा— पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एअरलाइन्सको जहाजमा मुसा देखिएको छ । मुसा देखिएपछि उक्त जहाजको उडान रोकिएको छ ।
पोखरा विमानस्थलका निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यती एअरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । बिहान ११ : ५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको उनको भनाइ छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि सोही जहाजबाट काठमाडौं जाँदै थिए ।
उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कैजहाजबाट काठमाडौं जाने तयारीमा छन् ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १४:५९













