News Griha :: न्यूजगृह
काठमाडौं महानगरको डोजर रोक्न राप्रपाका नेताहरूले सडकमा गाडी तेर्साए [तस्बिरसहित]

काठमाडौं— काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरिरहेको छ । 

सोमबार महानगरले कार्यालय भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको भन्दै महानगरले हटाउन लागेको हो । यस्तै भवनको नक्सा पास पनि नरहेको महानगरले जनाएको छ । 

rpp party office11690786893.jpg

महानगरले राप्रपालाई गत शुक्रबार नै समय दिएको थियो । तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको हो । महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू कार्यालय पुगेर सडकमा गाडी राखेर अवरोध गरिरहेका छन् । 

rpp party office21690786893.jpg

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:४४
Weather Update