News Griha :: न्यूजगृह
निजामती कर्मचारी सङ्गठनका अध्यक्ष र महासचिव प्रहरी नियन्त्रणमा

काठमाडौं— स्वतन्त्र निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पशुपति पोखरेल र महासचिव मीनबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन बसेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

सङ्गठनले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्नु पर्ने, टिप्पणी पेश गर्नेलाई कारबाही र निर्णय गर्नेलाई उन्मुक्ति दिन नहुने, उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, आधिकारिक ट्रेड युनियनको व्यवस्था गरी निर्वाचन गर्नुपर्ने, सचिव र सहसचिवको सरुवा एक वर्षभन्दा कम समयमा गर्न नहुने, निजामती अस्पताल सुधार गर्नु पर्ने, करार, ज्यालादारी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने लगायतको १० बुँदे माग राखेर आन्दोलन गरिरहेको छ ।

संघीय संसद् सुरु भएको साढे सात महिना हुँदा पनि सरकारले संघीय निजामती विधेयक संसद्‌मा ल्याउन सकेको छैन । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १४:०२
Weather Update