रेखा थापाको फिल्म ‘उपहार’ द जर्नी अफ लाइफमा नायिका बेनिशा हमाल

काठमाडौं— अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’ द जर्नी अफ लाइफमा नायिका बेनिशा हमाल अनुबन्धित भएकी छन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको उक्त चलचित्रमा बेनिशा सोमबार अनुबन्धित भएकी हुन् ।
चलचित्र छायाँङ्कनका लागि वरिष्ठ छाँयाकार विष्णु घिमिरे कल्पितलाई अनुबन्धित भइसकेका छन् । चलचित्र भदौ ७ गतेदेखि छायाङ्कनमा जाँदैछ। चलचित्रमा रेखासहित पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल लगायतका कलाकारको अभिनय रहने निर्देशक देउजाले जानकारी दिए ।
चलचित्र सामाजिक कथामा आधारित हुने बताइएको छ । यो चलचित्रको कथा सुलक्षण भारतीले लेखेका हुन् ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १२:५४