
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान दिन गनेर बसेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति लामिछानेले आजै बाट सरकारमा जाने दिनगन्ती पनि सुरु भएको बताए ।
लामिछाने भने, ‘हामी पनि दिन गनेर बसेका छौं । रास्वपा सरकारमा आउनेछ । रास्वपाले आफ्नो नीति लागू गर्ने छ । र हामी परदेश छोडेर घरदेशमा आउने छौं । आफ्नै प्यारो माटोमा जीवन बिताउने छन् । हामी त्यो दिनको प्रतीक्षा गर्ने छौं ।’ सभापति लामिछानेले आफुहरुले जनताको लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको लागि आजैबाट दिनको गन्ती सुरु भएको बताएका छन् ।
उनले भने, ‘काम गरिरहेका छौं कथमकदाचित छल गरेर बल गरेर मताधिकार कसैले खोसिदियो भने पनि आफ्नो काम गर्ने ठाउँमा भन्नुहोला यसपटकको चुनावमा त म आफ्नै देश जान्छु । भनेर छुट्टी माग्नुहोला ।’
रास्वपाले अब जिल्ला दौडाहा पनि बढाउने भन्दै सबैसँग सम्बन्धित जिल्लाहरूमा भेट्ने बाचा पनि लामिछानेले व्यक्त गरे ।