राप्रपा पार्टी कार्यालयबारे सीडीओ कार्यालयमा छलफल

काठमाडौं— धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी कार्यालयमा डोजर चलाउने वा नचलाउने भन्नेबारे सरोकारवाला निकायले प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिरहेका छन् ।
काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइनको तल कार्यालय रहेको र घरको नक्सा पास समेत नभएको भन्दै डोजर चलाउने तयारी गरेपछि बिहान राप्रपाका कार्यकर्ताले अवरोध गरेका थिए ।
डोजर चलाउन अवरोध भएसँगै महानगरका पदाधिकारीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँग छलफल थालेका हुन् ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १५:५८













