एकीकृत समाजवादीको सचिवालय बैठक सुरु शुक्रबार, साउन १९, २०८०

चितवनका केरामा बढी विषादी, स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकको भनाइ शुक्रबार, साउन १९, २०८० जिल्लामा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो ।

दोलखाको पहिरोमा बेपत्तामध्ये एक जनाकाे शव फेला शुक्रबार, साउन १९, २०८० जिल्लाको गौरीशंकर गाउँपालिका-८ सल्लेमा पहिरोले घर बगाउँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । पहिरोमा परी चार जना बेपत्ता भएका छन् ।

सय केजी सुन तस्करी प्रकरणको बाँकी अनुसन्धान सीआईबीलाई दिने तयारी शुक्रबार, साउन १९, २०८० विपक्षीले उच्चस्तरीय छानविन समितिको माग गरिरहेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड भने सय केजी सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने तयारीमा छन् । यसबारे प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्रचार्यसँग छलफल गरेका छन् ।

दोलखाको गौरीशंकरमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता शुक्रबार, साउन १९, २०८० दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएराति पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । सात/आठ घर पूर्ण रूपमा क्षति भएका छन् ।

सारा सम्पत्ति विद्यालयलाई दान गर्ने ‘पियारी आमा’ शुक्रबार, साउन १९, २०८० पियारी आमाले आफूसँग भएको जग्गामात्रै होइन उनका श्रीमान् भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सनसमेत अरुलाई सहयोग गर्ने गरेकी छिन् । विशेषगरी विद्यालयलाई दान दिनमै उनको रुचि छ ।

रोनाल्डोको गोलमा नासर अरब च्याम्पियन्स कपको क्वाटरफाइनलमा शुक्रबार, साउन १९, २०८० अल नासर अरब च्याम्पियन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सशस्त्रले बुझायो तस्करीको सात करोडको सामान भन्सारलाई शुक्रबार, साउन १९, २०८० सशस्त्र प्रहरीले भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाएको छ ।

४० हजार शिक्षकलाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव शुक्रबार, साउन १९, २०८० विद्यालय शिक्षासम्बन्धी विधेयकमा ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको छ । मंगलबार (१६ साउन) बसेको मन्त्रिपरिषद् बैठकबाट पारित भएकाे विद्यालय शिक्षासम्बन्धी विधेयकमा साे प्रस्ताव गरिएकाे छ ।

सीटीईभीटीद्वारा प्रवेश परीक्षा स्थगित शुक्रबार, साउन १९, २०८० प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहका भर्नाका लागि लिइने प्रवेश परीक्षा स्थगित गरेको छ ।

एसईई खारेजीको प्रस्ताव शुक्रबार, साउन १९, २०८० विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने प्रस्ताव गरेको छ ।

गाउँपालिकाले विद्यालयसँग माग्यो छात्रवृत्ति वितरणको अभिलेख शुक्रबार, साउन १९, २०८० झापाको कमल गाउँपालिकाका संस्थागत (निजी) विद्यालयहरूले तोकिए अनुसार विद्यार्थीहरुलाई छात्रवृत्ति नदिएको गुनासो बढेपछि गाउँपालिकाले संस्थागत विद्यालयसँग यसको विवरण माग गरेको छ ।
मञ्जुले ल्याइन् ‘यो तीजमा नजाने माइत’ गीत शुक्रबार, साउन १९, २०८० गायिका मञ्जु थापाले ‘यो तीजमा नजाने माइत’ तीज गीत ल्याएकी छिन् ।









